कक्षा १२ को बार्षिक परीक्षा आजबाट हुँदै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३० गते।

आजबाट कक्षा १२ को बार्षिक परीक्षा हुँदैछ ।

कोरोना भाइरसका कारण यसअघि स्थगित गरिएको परीक्षा सञ्चालन गर्न लागिएको हो । परीक्षा असोज ८ गतेसम्म चल्ने छ । परीक्षाका लागि आवश्यक तयारी पूरा भइसकेको परीक्षा नियन्त्रकले जानकारी दिएका छन् ।

परीक्षा समय बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म तोकिएको छ ।

विषम् परिस्थिति भएकोले यो वर्ष विद्यार्थीलाई होम सेन्टरबाटै परीक्षा दिने व्यवस्था गरिएको छ । साथै, कोरोना संक्रमण पुष्टि भएका विद्यार्थीलाई पनि छुट्टै राखेर परीक्षा लिन सकिने व्यवस्था बोर्डले गरेको छ ।

यसपटकको कक्षा १२ को परीक्षामा तीन लाख ७४ हजार जना विद्यार्थी सहभागी हुने राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भौतिक रुपमै परीक्षा सञ्चालन हुने भएपछि सरकारले कक्षा ११ र १२ का परीक्षार्थीलाई कोरोना भाइरसविरुद्धको खोप पनि दिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *