अनलाईन न्युजपाटी, सिरहा,समाचारदाता,भदौ ३१ गते।
५ किलो चाँदीसहित दुई भारतीय नागरिक सिराहामा प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा भारतको बिहार राज्य अन्तर्गत मधुवनी जिल्लाको खुटौना ग्राम पञ्चायतका रवि महतो र पिन्टु महतो छन् ।
उनीहरुलाई भगवानपुर गाउँपालिका- ४ ठाडीबाट बुधबार साँझ पक्राउ गरिएको सिराहा प्रहरी प्रवक्ता एवं डीएसपीले जानकारी दिए । दुबैले आ–आफ्नो कम्मरमा लुकाएको अवस्थामा ५ किलो चाँदी फेला परेको उनले बताए ।
पक्राउ परेका दुबैलाई इलाका प्रहरी कार्यालय लहानको नियन्त्रणमा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।