आज देशभर सामान्यदेखि पूर्ण बदली

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ३१ गते।

मौसम पूर्वानुमान महाशाखाले  आज विहान देशभर सामान्यदेखि पूर्ण बदली रहँदा सातवटै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको जनाएको छ ।

हाल नेपालमा भारतको मध्यप्रदेश आसपासमा अवस्थित न्युन चापीय क्षेत्रको सामान्य प्रभाव रहेको छ। साथै मनसुन न्यून चापीय रेखा औसत स्थान भन्दा दक्षिण तर्फ रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका अनुसार आज दिउँसो लुम्बिनी, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ। यस क्रममा लुम्बिनी तथा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भने भारी वर्षा पनि हुने सम्भावना छ।

यस्तै राति पनि गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ। यस क्रममा सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा भारी वर्षा पनि हुने सम्भावना रहेको महाशाखाले आज (बिहीबार) बिहान जारी गरेको मौसम पूर्वानुमान बुलेटिनमा उल्लेख छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *