एक सय साठी बोरा चिनी ट्रक र चालकसहित पक्राउ

अनलाईन न्युजपाटी,बिराटनगर,समाचारदाता,असोज १२ गते।

भारतबाट भन्सार छली नेपाल भित्र्याइएको १६० बोरा चिनी जिल्ला प्रहरी कार्यालय सुनसरीले बरामद गरेको छ ।

विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय सुनसरीको टोलीले कोसी गाउँपालिका– १ लौकही बजारको भित्री सडकखण्डमा को. १ ख ५२१५ नम्बरको मिनी ट्रकबाट भन्सार छली गरेर ल्याएको  एक सय ६० बोरा चिनी पक्राउ गरेको हो । 

पक्राउ गरेको ५० केजी बोराका सबै चिनी  ट्रक  र चालक  सिन्धुली कमलामाई नगरपालिका– ४ बस्ने  ४८ वर्षीय  विरोध लामिछानेसहित सोमबार  कोसी ब्यारेजस्थित  सेतुबन्ध  भन्सार कार्यालयमा बुझाएको सुनसरी प्रहरीले जनाएको छ । 

Leave a Reply

Your email address will not be published. Required fields are marked *