राष्ट्रपति विद्या भण्डारी द्धारा तराईमा मनाइने जितिया पर्वको अवसरमा नेपालीहरूलाई शुभकामना

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १३ गते।

जितिया पर्वको अवसरमा राष्ट्रपति विद्या भण्डारीले देश विदेशमा रहेका नेपालीहरूलाई शुभकामना दिएकी छन् ।

बुधबार शुभकामना शन्देश जारी गर्दै राष्ट्रपति भण्डारीले भौगोलिक‚सामाजिक र सांस्कृतिक विविधतायुक्त मुलुकमा मनाइने यस्ता पर्वहरूले परिवार र समुदायमा आपसी प्रेम‚ विश्‍वास र सहयोगको भावनालाई प्रगाढ बनाउनुका साथै बृहत् राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरेकी छन् ।

साथै यस पर्वबाट समाजमा विद्यमान अन्धविश्वास‚ विभेद र हिंसालाई अन्त्य गर्दै सभ्य‚ सुसंस्कृत एवं समतामूलक समाज निर्माणका लागि अग्रसर हुन प्रेरणा मिलोस् भनी राष्ट्रपति भण्डारीले कामना गरेकी छन् ।

नेपालको तराई क्षेत्रमा बसोवास गर्ने मधेशी तथा थारु समुदायका महिलाहरूले जितीयालाई आफ्नो सन्तानको सुख र समृद्धिका निमित्त मनाइने एउटा महत्त्वपूर्ण पर्व हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *