जितिया पर्वको अवसरमा प्रदेश २ मा आज सार्वजनिक विदा

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,असोज १३ गते।

जितिया पर्वको अवसरमा प्रदेश सरकारले असोज १३ गते बुधवार महिलाहरुका लागि सार्वजनिक विदा दिने घोषणा गरेको हो ।

असोज १३ गते बुधबार प्रदेशभरि महिलाका लागि सार्वजनिक विदा भएको जानकारी मुख्यमन्त्री लालबाबु राउतले एक शुभकामना संदेश जारी गरेर गराएका थिए ।

मुख्यमन्त्री राउतद्वारा जारी शुभकामना सन्देशमा पुत्रको दिर्घायुको कामना गर्दै हिन्दु धर्माबलम्बी मधेसी समुदायका महिलाहरूले मनाउने कठोर व्रत जितियाको अवसरमा सम्पूर्ण महिलाहरूलाई हार्दिक मंगलमय शुभकामना व्यक्त गरिएको छ ।

सन्तान प्रतिको स्नेह झल्काउने आमाको जितिया पर्वले प्रदेशभरि नै आस्था र प्रेम कायम रहोस् भन्ने शुभकामना पनि मुख्यमन्त्री राउतले दिएका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *