आईपीएल टी-ट्वान्टी क्रिकेटमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असोज १३ गते।

आईपीएल टी-ट्वान्टी क्रिकेटमा मुम्बईले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको हो।

पञ्जाबले प्रस्तुत गरेको १३६ रनको लक्ष्य मुम्बईले १९ ओभरमा मात्र ४ विकेटको क्षतिमा सफलतापूर्वक पछ्याएको हो ।

मुम्बईलाई जीत दिलाउन हार्दिक पाण्ड्याले शानदार ब्याटिङ गर्दै ३० बलमा नटआउट रहँदै ४० रन बनाए । उनले छक्का हिर्काउँदै टोलीलाई जीत दिलाए । त्यस्तै सौरभ तिवारीले ३७ बलमा ४५ रनको योगदान दिए । पञ्जाबका लागि रवि विश्नोईले २ विकेट लिए ।

एडेन मार्करमको ४२ रनको मद्दतले पञ्जाबले निर्धारित २० ओभरमा ६ विकेटको क्षतिमा १३५ रन बनाएको थियो । पञ्जाबका लागि दीपक हुडाले २८ तथा कप्तान केएल राहुले २१ रनको योगदान दिए । ११ खेलमा १० अंक बटुल्दै मुम्बई पाँचौँ स्थानमा उक्लिएको छ । पञ्जाब ८ अंकसहित छैटौँ स्थानमा रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *