यस वर्षको वडादसैंका साइतहरू गृहमन्त्रालय द्धारा सार्वजनिक

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १४ गते।

यस वर्षको वडादसैंका साइतहरू गृहमन्त्रालयले सार्वजनिक गरेको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको संस्कृति शाखाको पत्रअनुसार गृहमन्त्रालयले साइतहरू सार्वजनिक गरेको हो । मन्त्रालयका अनुसार घटस्थापनाका उत्तम साइत बिहान ११:४६ बजे रहेको छ । विजया दशमी एवम् टीकाको समय भने यसअघि नै सार्वजनिक गरिसकिएको छ । टीकाको उत्तम साइत १०: २ बजे छ ।

फूलपाती तथा तुलजाभवानी यात्रा बिहान ७ : ११ बजे र स्थिरासन बिहान ८ : ४४ बजे रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *