आजको मौसम पूर्वानुमान

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १५ गते।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल मौसम देशभर आंशिक देखि सामान्य बदलीको अवस्था छ। गण्डकी प्रदेशका थोरै स्थानमा हल्का वर्षा भइरहेको छ।

आज दिउँसो  देशभर मौसम सामान्य बदली रही प्रदेश २, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका केही र अरू प्रदेशका थोरै स्थानहरुमा मेघगर्जनर चट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना छ।

राति  मौसम देशभर आंशिक देखि सामान्यसम्म बदली रही प्रदेश २ का धेरै र अरू प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यमसम्म वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद्का अनुसार मनसुन अन्तिम चरणमा रहेकाले धेरै ठूलो वर्षा तथा लगातारको झरी हुने सम्भावनाचाहिँ छैन। हल्का र क्षणिक वर्षा हुने सम्भावना छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *