स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित वीरगञ्जबाट तीन जना पक्राउ

अनलाईन न्युजपाटी,बिरगंज,समाचारदाता,असोज १५ गते।

स्रोत नखुलेको १५ लाख ५० हजार रुपैयाँ नगदसहित वीरगञ्जबाट तीन जनालाई प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ परेकामध्ये दुई जना भारतीय नागरिक हुन् ।

भारतको पूर्वी चम्पारण थाना कंगेली–१ वसन्तपुरका २५ वर्षीय विक्रम पटेल, मोतिहारी थाना पलनवा भेलाहीका २९ वर्षीय मुकेश पटेल र पर्सा धोविनी गाउँपालिका–३ हरिहरपुरका २३ वर्षीय बलिराम पटेललाई रकमसहित पक्राउ गरेको हो ।

उनीहरुले लगाएको हेल्मेटभित्र फेला परेको उक्त रकमको स्रोत खुलाउन नसकेपछि पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले जानकारी दिए ।

प्रहरीले उनीहरुले प्रयोग गरेको ना ६० प ५९९८, ना ४१ प १०४८ र ना ६४ प ८३५९ नम्बरको मोटरसाइकल समेत बरामद गरेको छ । पक्राउ दुवै जनामाथि बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ विरूद्वको कसूरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *