सुदूरपश्चिम सरकारले आजदेखि बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने

अनलाईन न्युजपाटी,कैलाली,समाचारदाता,कार्तिक ६ गते।

आजदेखि सुदूरपश्चिम सरकारले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत बाँड्ने भएको छ।

आज हेलिकोप्टर प्रदेशका सातै जिल्लामा सरकारको राहत सामग्री लिएर जाने सरकारकी प्रवक्ता तथा आन्तरिक मामिला तथा कानुन मन्त्रीले बताइन्।

क्षतिको विवरण संकलन गरिसकेको बताउँदै उनले आज राहत लिएर जाने बताएकी हुन्। एकद्वार प्रणालीबाट राहत वितरणका लागि मन्त्री जोशीले प्रदेशमा कार्यरत गैरसरकारी संस्थाका प्रतिनिधीहरुसँग छलफल गरेकी छिन्। ‘अब सरकारसँग सहकार्य गरेर मात्रै राहत उपलब्ध गराउनुपर्छ। जुन संस्थाले हामीलाई राहत सामग्री उपलब्ध गराउनुभएको छ हामी प्रष्ट जनतालाई भनिदिन्छौँ’ उनले भनिन्।  

Leave a Reply

Your email address will not be published. Required fields are marked *