सुर्खेतको वीरेन्द्रनगरमा बम विस्फोटमा परी दुई जना घाइते

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,कार्तिक ६ गते।

सुर्खेतको वीरेन्द्रनगरमा बम विस्फोटमा परी दुई जना घाइते भएका छन् । 

वीरेन्द्रनगर नगरपालिका-७, स्थित कट्कुवा सामुदायिक वनमा शनिबार बिहान पौने ११ बजे बम विस्फोट भएको हो ।   

घाइते हुनेमा दैलेखको गुराँस गाउँपालिका-६ की २१ वर्षीया लिला नेपाली र उनका भाइ १४ वर्षका नरेश परियार रहेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवंम् डीएसपीले जानकारी दिए ।

अहिले उनीहरू दुवैको माया नर्सिङ होम वीरेन्द्रनगरमा उपचार भइरहेको र अवस्था सामान्य जानकारी दिइएको छ।

पड्किएको बम धेरै पूरानो रहेको पनि प्रहरीले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *