आज थपिए ४१२ जना कोरोना संक्रमित, कुल संख्या ९ लाख १३ हजार २५८पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १ गते।  

आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप ४१२ जनामा  कोरोना सङ्क्रमण पुष्टि भएको छ।

नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १३ हजार २५८पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

अहिलेसम्म निको हुनेको संख्या ७ लाख ९८ हजार ९१६ जना रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

पछिल्लो २४ घण्टामा थप एक जना संक्रमितको मुत्यु भएको छ यससँगै मृतकको कुल संख्या ११ हजार ४८३ जना पुगेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *