सप्तरीको छिन्नमस्ता गाउँपालिकाका सबै सामूदायिक विद्यालय अनिश्चितकालकालागि बन्द

अनलाईन न्युजपाटी,सप्तरी,समाचारदाता,मंसिर ४ गते।  

छिन्नमस्ता गाउँपालिकाका सबै सामूदायिक विद्यालय अनिश्चितकालकालागि बन्द भएको छ ।

आन्दोलनरत कर्मचारीहरुको समर्थन गर्दै शिक्षकहरु पनि गाउँपालिका विरुद्ध आन्दोलित भएपछि विद्यालय बन्द भएको हो ।

सबै सामूदायिक विद्यालयका विद्यार्थीहरुका लागि तत्काल पाठ्यपुस्तकसहित अन्य निकासहरु अविलम्व व्यवस्था हुनुपर्ने, सबै विषयगत शाखा-उपशाखा, वडा कार्यालय, स्वास्थ्य संस्था लगायत गाउँपालिका कार्यालयको लागि चाहिने आवश्यक सामग्री उपलब्ध हुनुपर्ने लगायत ६ बुँदे माग कर्मचारीहरु राखेर आन्दोलित भएका हुन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *