अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर ७ गते।
कक्षा ११ को रजिस्ट्रेसन र कक्षा १२ को परीक्षा आवेदन फारम राष्ट्रिय परीक्षा बोर्डले खुला गरेको छ।
कक्षा ११ मा भर्ना भएका विद्यार्थीका लागि बोर्डले रजिस्ट्रेसन फारम खोल्नुका साथै कक्षा १२ मा अध्ययनरत विद्यार्थीका लागि परीक्षा आवेदन फारम खुला गरेको हो।
पुस २१ गतेसम्म रजिस्ट्रेसन फारम भरिसक्न र आगामी माघ ७ गतेभित्र सम्बन्धित विद्यालयले बैंक भौचर सहित बोर्डको कार्यालयमा बुझाउन निर्देशन दिइएको परीक्षा नियन्त्रकले बताए।
बोर्डले नयाँ पाठ्यक्रम अनुसार एक समूहबाट एक विषय मात्र रोजेर कक्षा ११ को रजिस्ट्रेसन फारम भरी प्रधानाध्यापकबाट प्रमाणित गरिएको एसईईको ग्रेडसिटको प्रतिलिपि पनि फारमसँगै संलग्न गरेर पठाउन सूचित गरेको छ।