अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १४ गते।
सिन्धुलीको एक गोदाममा आज बिहान भीषण आगलागी भएको छ ।
कमलामाई नगरपालिका–६ रातमाटास्थित गोदाममा भीषण आगलागी भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायब उपरीक्षकले जानकारी दिए।
आगलागी कसरी सुरु भएको हो भन्ने खुलिनसकेको लामाले बताए । अहिले दुईवटा दमकलले आगलागी नियन्त्रणमा लिने प्रयास गरिरहेको छ।
आगलागी नियन्त्रणको लागि स्थानीय, प्रहरी र सशस्त्र प्रहरी खटिएका छन्।