अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १७ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ४६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख १७ हजार ७४१ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख ०३ हजार ७१६जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा कुनैपनि संक्रमितको मृत्यु भएको छैन, भने हालसम्म नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११ हजार ५३५ पुगेको छ ।