अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस २ गते।
आज पछिल्लो २४ घण्टामा गरिएको परीक्षणमा थप २ सय ७४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।
नेपालमा सङ्क्रमित सङ्ख्या ९ लाख २१ हजार ३ सय ४७ पुगेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
अहिलेसम्म निको हुनेको संख्या ८ लाख ८ हजार ३ सय ५३ जना रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।
त्यस्तै कोरोनाका कारण थप ३ जनाको मृत्यु भएको छ । हालसम्म नेपालमा ११ हजार ५ सय ७० जनाको कोरोनाका कारण मृत्यु भएको छ ।