बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनको आग्रह

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ६ गते।  

ओमिक्रोन भेरिअन्ट फैलिरहेका बेला जनस्वास्थ्यको रक्षार्थ आफ्नो बिदाको योजना रद्द गर्न सर्वसाधारणलाई विश्व स्वास्थ्य सङ्गठनले (WHO)आग्रह गरेको छ। ‘जीवन रद्द हुनुभन्दा एउटा कार्यक्रम रद्द गर्नु राम्रो हो,’ विश्व स्वास्थ्य सङ्गठनका(WHO) प्रमुख डा. टेड्रोस एड्हानोम गेहब्रेयससले ’कठिन निर्णय’ गरिनुपर्ने बताएका छन्।

उहाँका अनुसार ’ओमिक्रोन डेल्टा भेरिअन्टभन्दा निकै तीव्रगतिमा फैलिरहेको तथ्य’ प्राप्त भएको छ। फ्रान्स र जर्मनीसहित कैयौँ राष्ट्रले कडा नियमहरू लागु गर्नुका साथै नयाँ भेरिअन्ट फैलिन नदिनका लागि यात्रामा प्रतिबन्ध लागु गरेका बेला डा. गेहब्रेयससको पछिल्लो भनाइ सार्वजनिक भएको हो।

द नेदरल्यान्ड्सले क्रिसमसका बेला कडा नियमहरू सार्वजनिक गरेको छ। सोमबार ह्वाइट हाउसले राष्ट्रपति जो बाइडनले ’देशलाई बन्द गर्ने’ योजना नबनाएको जनाएको छ। अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डा. एन्थोनी फाउचीले क्रिसमसका बेला गरिने यात्राले कोभिडविरुद्ध खोपको पूर्ण मात्रा लगाएकाहरूमा समेत सङ्क्रमण सर्न सक्ने चेतावनी दिएका छन्।

लन्डनमा नयाँ वर्षको पूर्वसन्ध्यामा हुन लागेका कार्यक्रमहरूलाई रोकिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *