नेकपा दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक आज दिउँसो साढे १२ बजे बस्दै

अनलाईन न्युजपाटी काठमाडौँ,समाचारदाता,माघ ११ गते।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दाहाल-नेपाल समुहको स्थायी कमिटी बैठक आज बस्दै छ ।

केन्द्रीय कार्यालय पेरिसडाँडामा शनिबार उपलब्ध स्थायी कमिटी सदस्यहरुबीचको अनौपचारिक छलफलपछि प्रवक्ता नारायणकाजी श्रेष्ठले स्थायी कमिटी बैठक आइतबार साढे १२ बजे बस्ने जानकारी दिएका हुन् । उनका अनुसार शनिबारको बैठकमा पार्टीले प्रतिनिधिसभा विघटनको विरोधमा शुक्रबार ९ गते काठमाडौंमा आयोजना गरेको सभाको समीक्षा र आगामी कार्यक्रमबारे सामान्य छलफल भएको छ।

उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेका छन्, ‘प्रतिनिधिसभा विघटनको असंवैधानिक एवं प्रतिगामी कदमका विरुद्ध हाम्रो पार्टीद्वारा राजधानीमा शुक्रबार आयोजित विरोध प्रदर्शन तथा सभा विशाल जनसहभागितासहित भव्यरुपमा सफल भयो । छिट्टै अर्को चरणको संघर्षको कार्यक्रम घोषणा गरिनेछ ।’

उनले केपी ओलीसँगको शुरुदेखिको मुख्य मतभेद विधि र पद्धतिको पालनामा रहेको बताउँदै पार्टी निर्माण र परिचालनमा प्रारम्भदेखि नै पद्धतिसम्मत ढङ्गले अघि बढ्न ध्यान दिनुपर्ने जनाएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *