अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ १६ गते।
बागमती प्रदेशका सामाजिक विकासमन्त्री कृष्णप्रसाद खनालले पदबाट राजीनामा दिएका छन् ।
एकीकृत समाजवादीका लागि हिजो सनाखत गर्नुभएका उहाँले बुधबार विहान मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य समक्ष राजीनामा बुझाउनु भएको हो ।
उहाँ एमाले विभाजनपछि बनेको एकीकृत समाजवादीका केन्द्रीय सदस्य समेत हुनुहुन्छ । शाक्य नेतृत्वको सरकारलाई काम गर्न सहज होस् भनेर आफूले पदबाट राजीनामा दिएको खनालले बताउनुभएको छ ।