आज माधवकुमार नेपाल जनकपुरधाम आउदै

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,मंसिर ७ गते।

आज माधवकुमार नेपाल जनकपुरधाम आउन लागेका छन् ।

धनुषाको तिनकौरिया चोकमा आज आयोजना हुन लागेको पार्टी प्रवेश तथा जनसभामा सहभागि हुन नेता नेपाल जनकपुरधाम आउन लागेको पार्टी स्थायी कमिटी सदस्य श्रीप्रसाद साहले जनाए ।

जिल्ला कमिटी धनुषाले आयोजना गर्न लागेको जनसभामा सहभागि हुनु अघि बिहान ११ बजे नेता नेपाललाई विमानस्थलमै स्वागत गर्ने कार्यक्रम रहेको छ । दिउंसो १ बजे तिनकौरिया चोकमा आयोजना हुन लागेको कार्यक्रममा नेकपा माओवादी केन्द्र परित्याग गरेका पूर्व मन्त्री समेत रहेका रामचन्द्र झा,डा.अजय झा सहितका नेता कार्यकर्ताहरुले नेकपा एसमा प्रवेश गर्ने कार्यक्रम रहेको स्थायी कमिटी सदस्य साहले बताए ।

स्रोतले दिएको जानकारी अनुसार डा.झा स्थानीय निकायको निर्वाचनमा जनकपुरधाम उप– महानगरपालिकाको मेयर पदको लागि उम्मेदवारी दिने भएका छन् । यस अघि झा नेपाली कांग्रेसमा सक्रिय रहेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *