माओवादी केन्द्रको गोलबजार नगर सम्मेलन सम्पन्न

अनलाईन न्युजपाटी महेश सिंह ,सिरहा  समाचारदाता,मंसिर २१ गते।  

सिरहाको गोलबजारमा माओवादी केन्द्रको नगर सम्मेलन सम्पन्न भएको छ्। नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र जनताको अपेक्षा अनुसारको काम गर्ने पार्टी रहेको पार्टीका सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले बताउनु भयो ।

माओवादी केन्द्रको प्रथम गोलवजार नगर सम्मेलनको उदघाटन गर्न प्रमुख अतिथिको रुपमा सिरहा आएका श्रेष्ठले यस्तो बताएका थिए।जनताको अपेक्षा अनुसार संविधानसभाको प्रथम चुनावमा पहिलो पार्टीको रुपमा स्थापित भईसकेकोले अब हुने तिनै तहको आउने चुनावमा पनि केन्द्र पहिलो पार्टी बन्ने दावी गरेका छन् ।

कार्यक्रममा नगर प्रमुख देवनाथ साह लगायत पार्टीका बिशिस्ट नेता तथा कार्यकर्ताको उपस्तिथि रहेको थियो । बन्द शत्र जारी रहेको नगर सम्मेलनलको नयाँ कमिटी गठन गर्ने बुझिएको छ ।

पुर्व उपप्रधानमन्त्री र परराष्ट्र मन्त्रालयको मन्त्रीको जिम्मेवारी समेत सम्हालीसकेका श्रेष्ठले,जनताको संविधानमा प्रदत्त अधिकारलाई प्रत्याभूत गर्न गाँस,बास र कपासको ग्यारेन्टी गर्न एक मात्र पार्टी नेकपा मओवादी केन्द्र भएको दावी गरे ।

मजदुर ,श्रमजीवी,मधेसी ,दलित,गरिव,लगायत सर्वहारावर्ग समुदायको उत्थानका लागि पूंजीवाद राजनीति प्रवृत्तिलाई परास्त गरि समाजवादको सिद्धान्तलाई आगाडी बढाउन जनताले माओवादी केन्द्रलाई मात्र विश्वास गर्नु पर्ने नेता श्रेष्ठले तर्क गरेका थिए ।

आफुहरुको पार्टी अन्य पार्टी भन्दा फरक रहेको बताउदै , उनले भने ‘अग्रगामी ,उन्नत र क्रान्तिकारी सिद्धान्त बोकको पार्टी नेकपा माओवादी केन्द्र भएको बताउनु भयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *