मीन विश्वकर्माले आफ्नो उम्मेदवारी फिर्ता लिए

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २६ गते।  

महाधिवेशन अन्तर्गत चुनावी प्रतिस्पर्धाका लागि केन्द्रीय सदस्यमा उम्मेदवारी घोषणा गरेका मीनबहादुर विश्वकर्माले उम्मेदवारी फिर्ता लिएका छन् ।

आज बिहान विज्ञप्ति जारी गर्दै नेता विश्वकर्माले आफू केन्द्रीय सदस्यमा उम्मेदवारी दर्ता गर्न इच्छुक नरहेको भन्दै उक्त पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएको घोषणा गरेका हुन् । सहमहामन्त्री पदका आकांक्षी विश्वकर्मा सभापति शेरबहादुर देउवा निकट नेताको रुपमा चिनिन्छन् । तर देउवा समूहको प्यानलमा विश्वकर्मा नपरेपछि असन्तुष्ट देखिँदै आएका छन् ।

नेता विश्वकर्माले आफ्नो उम्मेदवारी नै अरु कसैले दर्ता गराई दिएको संकेत व्यक्त गरेका छन् । ‘केन्द्रीय सदस्यमा मेरो पनि नाम केन्द्रीय सदस्यमा दर्ता भएको देखिएकोमा उक्त पदमा उम्मेदवारी दिने मेरो कुनै मनसाय नरहेकाले उक्त पदको उम्मेदवारी फिर्ता लिएको अनुरोध साथ मेरो नाम उक्त सूचीबाट हटाई दिनुहुन यो लिखित निवेदन पेश गरेको छु,’ विश्वकर्माले भनेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *