कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः विजयी

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर २९ गते।  

कांग्रेसको सभापतिमा शेरबहादुर देउवा पुनः विजयी भएका छन्।

काठमाडौंको राष्ट्रिय सभागृहमा बुधबार बिहान साढे २ बजे सकिएको मतगणनाअनुसार देउवाले प्रतिस्पर्धी शेखर कोइरालालाई ८७८ मतको अन्तरले पराजित गरी सभापतिमा विजयी भएका हुन्।

कूल खसेको ४६२३ मतमध्ये देउवाले २७३३ मत प्राप्त गरे भने कोइरालाले १८५५ मत ल्याए। ३५ मत बदर भएको छ।

कांग्रेस सभापतिका लागि दोस्रो चरणमा देउवा र कोइरालाबीच प्रतिस्पर्धा भएको थियो। पहिलो चरणमा सभापतिमा शेरबहादुर देउवा, विमलेन्द्र निधि, शेखर कोइराला, प्रकाशमान सिंह र कल्याण गुरुङ उम्मेदवार थिए।

कूल मतको ५१ प्रतिशत मत कसैले ल्याउन नसकेपछि मंगलबार पुनः मतदान भएको हो। पहिलो चरणमा ४६८१ मत खसेको थियो।

कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत चार वर्षका लागि नयाँ नेतृत्व चयन गर्न राष्ट्रिय सभागृह र भृकुटीमण्डपमा मतदान गरिएको थियो। सभापतिबाहेक अन्य पदाधिकारी र सदस्यहरुको मत गन्न बाँकी छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *