नेपाली काँग्रेस प्रदेश २ सभापतिमा कृष्ण यादव विजयी

अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस ९ गते।  

नेपाली कांग्रेसको प्रदेश २ सभापतिमा रौतहटका कृष्ण यादव विजयी भएका छन् ।

आज बिहान सार्वजनिक मत परिणामअनुसार यादवले ९९६ मत पाएका छन् । उनका निकटतम प्रतिस्पर्धी राम सरोज यादवले ८५५ मत पाएका छन् ।

१९ सय ३८ मतदाता मध्ये १८ सय ८१ मत खसेको थियो । २८ मत बदर भएको छ । मतपरिणामको औपचारिक घोषणा हुन भने बाँकी छ ।

नेपाली कांग्रेसको १४औं महाधिवेशन अन्तर्गत प्रदेश २ को अधिवेशन आन्तरिक विवादका कारण रोकिएको थियो र नेतृत्व चुन्न बिहीबार मात्रै मतदान भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *