अनलाईन न्युजपाटी,जनकपुरधाम,समाचारदाता,पुस १० गते।
मुख्यमन्त्री लाल बाबु राउतले जिसस क्राइष्टको जन्मदिनको उपलक्ष्यमा इसाई धर्मका अनुयायीहरुले डिसेम्बर २५ तारिखमा विभिन्न कार्यक्रम गरी मनाइने क्रिसमस पर्वका अवसरमा सम्पूर्ण इसाई धर्मालम्बीहरुमा सुख, शान्ति, सुस्वाथ्य र दीर्घायुको शुभकामना व्यक्त गर्नुभएको छ ।

येशु ख्रीष्ट जन्मदिन अर्थात् क्रिसमस डे ले सबैमा भाई चारा एवं सौहाद्रताको संदेश प्रदान गरुन भनेर शुभकामना व्यक्त गरेका छन्।
साथै कोभिड–१९ को नियन्त्रण र व्यवस्थापनका प्रयास प्रभावकारी देखिए पनि यसको नयाँ स्वरूप ओमिक्रोन सङ्क्रमणका सम्बन्धमा विश्व स्वास्थ्य सङ्गठन र विज्ञहरूले चिन्ता व्यक्त गरिरहेकाले स्वास्थ्यका मापदण्डहरू पालना गर्दै सुरक्षितरूपमा हर्षोल्लासपूर्वक क्रिसमस डे मनाउन सबैमा अनुरोध गरेका छन् ।