सुनवलमा जारी द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा लर्ड बुद्ध रेड बिजयी

अनलाईन न्युजपाटी उर्मिला यादव यात्री ,समाचारदाता,चैत १ गते।

पश्चिम नवलपरासीको सुनवल ५ बनकट्टिमा जारी  द लर्ड बुद्ध कप नाइन ए साईड खुल्ला नकआउट फुटवल प्रतियोगितामा हिजो भएको खेलमा लर्ड बुद्ध  रेड बिजयी भएको छ । हिजो दिउसो  भएको लर्ड बुद्ध  रेड र नदुवा युथ क्लव विचको खेलमा लर्ड बुद्ध रेड २ गोल अन्तरले बिजयी भएको हो ।

नदुवा युथ क्लवले कुनै गोल गर्न नसकेको आयोजकले जनाएको छ । नदुवाले कुनै गोल गर्न नसकेपछि लर्ड बुद्ध  रेडले २ गोल गर्दै जित हासिल गरेको छ । प्रतियोगितामा लर्ड बुद्ध  रेडका शुभम गुरुंग म्यान अफ द म्याच घोषित भएका छन । 

यस्तै गरी आज आइतबार बर्म भैरव र बिग बुद्ध युवाक्लब बिच  प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।

आगामि चैत १२ गते सम्म चल्ने  प्रतियोगितामा विजेताले रु १लाख ५ हजार नगद र उपविजेताले ५५ हजार नगद प्राप्त गर्नेछन  ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *