आईपीएल क्रिकेटमा रोयल च्यालेन्जर्स बैंग्लोरले दिल्ली क्यापिटल्सलाई १ विकेटले पराजित गर्यो

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १५ गते।

आईपीएल क्रिकेटमा मंगलबार भएको खेलमा दिल्ली क्यापिटल्सलाई १ रनले हराउँदै रोयल च्यालेन्जर्स बैंगलोर इन्डियन प्रिमियर लिग (आईपीएल) टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।

मंगलबार भएको खेलमा बैंगलोरले दिएको १७२ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७० रन मात्र बनाउन सक्यो । कप्तान ऋषभ पन्त र शिमरोन हेतमायरले अर्धशतक बनाए पनि जित दिलाउन सकेनन् ।

बैंग्लोरले २० ओभरको खेलमा ५ विकेट गुमाउँदै १७१ रन बनाएपछि दिल्लीले १७२ रनको लक्ष पाएको थियो । जितसँगै बैंग्लोर ६ खेलबाट १० अंक जोडेको छ । समान खेलमा चारमा जित र दुईमा पराजित भएको ८ अंकसहित तेस्रो स्थानमा झरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *