अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ २७ गते।
नेपाली महिला फुटबल टोलीले आज बंगलादेशसँगको दोस्रो मैत्रीपूर्ण खेल खेल्दैछ।
घरेलु मैदान त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा बंगलादेशसँग प्रतिस्पर्धा गर्नेछ। नेपाल र बंगलादेशबीचको खेल अपरान्ह ५ बजे सुरु हुनेछ।
यसअघि पहिलो खेलमा बंगलादेशी टोलीलाई २-१ गोलअन्तरले हराएको नेपाल आज पनि जितको अपेक्षासहित मैदान उत्रने छ।
दुबै टोली एएफसी वुमन एसियन कप क्वालिफिकेसनको तयारीमा छन्। उज्बेकिस्तानमा हुने खेलमा नेपालले समूह एफमा हङकङ र फिलिपिन्ससँग प्रतिस्पर्धा गर्नेछ। त्यस्तै बंगलादेश समूह जी मा रहेको छ। बंगलादेश रहेको समूहमा जोर्डन र इरान रहेका छन्।