असोज २२ र २३ गते मेट्रो कप फुटसल प्रतियोगिता आयोजना हुने

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,असोज १३ गते।

असोज २२ र २३ गते मेट्रो कप फुटसल प्रतियोगिता काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने भएको छ ।

प्रतियोगिता बिहान ८ बजेदेखि साँझ ६ बजेसम्म सञ्चालन हुने वाईसीएलका प्रदेशसभा सदस्यले बताए ।

प्रतियोगिता सञ्चालनका लागि अनुमानित १० लाख रुपैयाँ खर्च हुने उनले बताए ।

प्रतियोगिता संयोजक सरोज अर्यालका अनुसार महिला र पुरुष दुबै खेलाडीहरूले हरेक टोलीमा प्रतिस्पर्धा गर्न पाउनेछन् । दसैंको अवसरमा मैत्रिपूर्ण सम्बन्ध प्रगाढ बनाउनका लागि प्रतियोगिता आयोजना गरिएको अर्यालले बताए ।

प्रतियोगितामा पहिलो हुनेलाई एक लाख, दोस्रो हुनेलाई ५० हजार र तेस्रो हुनेलाई २५ हजार रुपैयाँ पुरस्कारको व्यवस्था गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *