अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,कार्तिक ७ गते।
टी-२० विश्वकपमा भारत र पाकिस्तानबीच आज प्रतिस्पर्धा हुन लागेको हो।
भारत र पाकिस्तानबीचको खेल नेपाली समयअनुसार राति ७:४५ बजे दुबईमा सुरू हुनेछ।
१ अर्ब ३९ लाखभन्दा धेरै जनसङ्ख्या रहेको भारत र २२ करोडभन्दा धेरै जनसङ्ख्या रहेको पाकिस्तानबीचको क्रिकेट खेल विश्वका धेरै जनसङ्ख्याले सरोकार राख्ने खेलमध्ये एक हो । त्यही कारण, यी दुवै टिमबीचका हरेक खेल महत्त्वपूर्ण मानिन्छन् ।
दुई टिमबीच पछिल्लो पटक २०१९ को एकदिवसीय विश्वकपमा समूह चरणमा भेट भएको थियो । यस खेल जित्दै भारतले विश्वकपमा पाकिस्तानविरुद्धको आफ्नो अजेय यात्रा निरन्तर जारी राख्यो ।
यसपटक विश्वकपअघि दुवै टिमले २–२ वटा अभ्यास खेल खेलेका छन् । पाकिस्तानले पहिलो अभ्यास खेलमा वेस्ट इन्डिजलाई ७ विकेटले हराएको थियो । दोस्रो खेलमा दक्षिण अफ्रिकासँग अन्तिम बलमा पराजित भयो । अर्कोतर्फ भारतले इंग्ल्यान्ड र अस्ट्रेलियाविरुद्ध जित हासिल गर्यो ।