अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,मंसिर १८ गते।
आज सहिद स्मारक ए डिभिजन लिगमा दुई खेल हुने भएका छन् ।
आज दिउँसोबाट दशरथ रंगशालामा हुने खेलमा संकटा क्लब र मनाङ मर्स्याङ्दी भिड्नेछन् । यो खेल १ बजेबाट हुनेछ । त्यस्तै अर्को खेल च्यासल क्लब र न्युरोड टीम भिड्नेछन् । यो खेल बेलुका ४ ४५ बाट हुनेछ ।
मनाङले यसअघि पहिलो र दोस्रो चरणका दुवै खेलमा जित हात पारेको थियो। संकटाले एउटा खेलमा जित र एउटामा बराबरी खेलेको थियो।
च्यासलले एक जित र एक हारको सामना गर्दा एनआरटीले एउटामा हार र एउटामा बराबरीको नतिजा निकालेको थियो।