यु-१९ एकदिवसीय एसिया कपमा आज नेपाल बंगलादेशविरूद्ध खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ९  गते।  

यु-१९ एकदिवसीय एसिया कपमा नेपाल आज बंगलादेशविरूद्ध खेल्दैछ। 

खेल बिहान ११:१५ बजेदेखि शारजाहको मैदानमा सुरू हुनेछ।

एसिया कपको पछिल्लो पाँच खेलमा नेपालले टेष्ट राष्ट्र बंगलादेशलाई हराउन सकेको छैन ।

नेपाल र बंगलादेशले एसिया कपमा पहिलोपटक सन् २००८ मा खेलेका थिए। सो प्रतियोगिताको पहिलो खेल वर्षाका कारण रद्द भएको थियो। दोस्रो खेलमा बंगलादेशले नेपाललाई ३ विकेटले हराएको थियो। यस्तै, सन् २०१६ मा भएको तेस्रो भिडन्तमा बंगलादेशले नेपाललाई ६ विकेटले हराएको थियो।

अघिल्लो संस्करणको फाइनलिस्ट बंगलादेशलाई हराउँदै नेपालले प्रतियोगितामा सानदार सुरूआत गर्न चाहन्छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *