नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुग्यो

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस १०  गते।  

नेपाली राष्ट्रिय महिला टोली एभिसी सेन्ट्रल जोन भलिबलमा फाइनल नजिक पुगेको छ ।

शनिबार बिहान भएको खेलमा साविक विजेता नेपालले बंगलादेशलाई सोझो सेटमा हरायो । एकपक्षीय बनेको खेलको पहिलो सेट नेपालले २५-५ ले सहजै आफ्नो पक्षमा पारेको थियो । दोस्रो र तेस्रो सेटमा भने बंगलादेशले सुधारिएको खेल खेल्यो । यद्यपि नेपालले त्यसपछि बंगलादेशलाई २५-१५, २५-१७ ले हराउँदै खेल सहजै जितेको हो ।

तीन जितपछि नेपाल अंकतालिकामा शीर्ष स्थानमा छ । नेपालले पहिलो खेलमा श्रीलंकामाथि ३-२ को सेटमा जित हात पारेको थियो । यस्तै दोस्रो खेलमा माल्दिभ्सलाई पनि सोझो सेटमा हराएको थियो ।

तीन जितपछि नेपालले फाइनल पुग्ने सम्भावना बलियोसमेत बनाएको छ ।

नेपालले आफ्नो चौथो खेल आइतवार उज्वेकिस्तान र सोमबार कीर्गिस्तानसँग खेल्नेछ

६ राष्ट्र सहभागी प्रतियोगितामा राउण्ड रोविन लिगपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *