यु–१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाल श्रीलंकासँग खेल्दै

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता, पुस ११ गते।  

यु–१९ एसिया कप अन्तर्गत आफ्नो दोस्रो खेलमा आज नेपाल श्रीलंकासँग खेल्दैछ।

खेल नेपाली समय अनुसार आइतबार बिहान ११:१५ बजेदेखि शारजाहमा सुरू हुनेछ ।

जारी प्रतियोगितामा नेपाल पहिलो जितको खोजीमा हुनेछ। यसअघि पहिलो खेलमा बंगलादेशविरूद्ध १५४ रनको फराकिलो हार व्यहोरेको नेपाललाई प्रतियोगिताको समिफाइनलमा स्थान बनाउन आजको खेल जित्नैपर्ने हुन्छ।

यता श्रीलंका लगातार दोस्रो जितसहित सेमिफाइनल यात्रा बलियो बनाउने लक्ष्यसहित मैदानमा उत्रीदै छ ।

श्रीलंकाले पहिलो खेलमा कुवेतमाथि २७४ रनको सानदार जितसहित प्रयोगिता सुरूआत गरेको थियो।

Leave a Reply

Your email address will not be published. Required fields are marked *