अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २० गते।
विश्वमा हालसम्म कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या साढे आठ करोड नाघेको छ । पछिल्लो २४ घण्टामा चार लाख ७४ हजार आठ सय ७४ जना नयाँ बिरामी थपिए थपिएसँगै विश्वमा सङ्क्रमितको सङ्ख्या आठ करोड ५५ लाख ६३ हजार ५१६ पुगेको हो ।

कोरोनाका एकै दिन सात हजार ३५ जनाको ज्यान गएसँगै मृत्यु हुनेको सङ्ख्या १८ लाख ५२ हजार ११५ पुगेको छ ।
सङ्क्रमितमध्ये छ करोड ५ लाख ३३ हजार ७४४जना उपचारपछि घर फर्किएका छन् । दुई करोड ३२ लाख १९ हजार दुई सय ३८ जनाको उपचार जारी छ । उपचार जारी रहेकामध्ये एक लाख पाँच हजार नौ सय २२ जनाको अवस्था चिन्ताजनक छ ।