अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्टमाथि स्थायी प्रतिबन्ध

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, पुस २५ गते।

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको ट्विटर एकाउन्टमाथि स्थायी प्रतिबन्ध लगाइएको छ ।

माइक्रो-ब्लगिंग वेबसाइट ट्विटरले अमेरिकी संसद परिसरमा भएको हिंसा पछि राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्विटर एकाउन्टलाई स्थायी रूपमा निलम्बन गरेको छ।

ट्विटरले “हिंसालाई उक्साउने डर” लाई ध्यानमा राखी यो निर्णय गरेको छ।

उनको एकाउन्टमाथि प्रतिबन्ध लगाएको जानकारी दिँदै ट्विटरले लेखेको छ, ‘उनले हालै गरेका ट्वीटलाई हामीले सूक्ष्म तरिकाले समीक्षा गर्दै र हालैको वाशिंटन घटनालाई मध्यनजर गर्दै हिंसा भड्काएकोकाका कारण राष्ट्रपति ट्रम्पको एकाउन्ट स्थायी रुपमा प्रतिबन्ध गरिदिएका छौं ।’ साथै उक्त एकाउन्टबाट अझै पनि जाेखिम कायमै रहेको बताइएको छ ।

अमेरिकी संसद परिसरमा भएको हिंसा पछि  डोनाल्ड ट्रम्पको ट्विटर, फेसबुक र इन्स्टाग्राम एकाउन्टहरूमा प्रतिबन्ध अनिश्चित कालका लागि लगाइएको थियो। तर अब ट्विटरले ट्रम्पको खातालाई “स्थायी रूपमा निलम्बन” गरेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *