अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, फागुन २ गते।
जापानमा शनिबार पूर्वी समुद्री तटमा ७.१ म्याग्नेच्युटको भूकम्प गएको छ ।
त्यहाँका स्थानीय समय दिउँसको ११ बजेर ८ मिनेटमा उक्त भूकम्प गएको जनाइएको छ।
भूकम्पको कम्पन महसुस भएपनि अहिलेसम्म क्षतिको विवरण भने आएको छैन ।
भूकम्पको केन्द्रविन्दु राजधानी टोकियोबाट टाढा रहेको फुकुसिमा प्रान्तमा रहेको बताइएको छ।
सुनामीको सम्भावना नभए पनि तटीय क्षेत्रमा रहेकाहरुलाई उच्च स्थानमा जानका लागि पूर्वजानकारी दिइएको छ।