सुरक्षाकर्मीले चलाएको गोली लागेर म्यानमारमा १२ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १ गते।

सुरक्षाकर्मीले चलाएको गोली लागेर म्यानमारमा १२ जनाको ज्यान गएको छ ।

दिन प्रतिदिन झडप र गोली प्रहारका घटना हुन थालेपछि म्यानमारमा सैन्य शासक झन क्रुर बन्दै गएको रुपमा लिइएको छ । सुरक्षाकर्मीले शनिबार श्रद्धाञ्जली सभामा अन्धाधुन्ध गोली चलाएर १२ जना सर्वसाधारणको हत्या गरेका छन्। सैन्य शासकको गोलीबाट हत्या गरिएका एक छात्रको पुन्यतिथिमा सहभागी भएका नागरिकमाथि सुरक्षाकर्मीले गोली चलाएको विभिन्न सञ्चार माध्यमले जनाएका छन् ।

म्यानमारको दोस्रो ठूलो शहर मन्डले र प्याये शहरमा सुरक्षाकर्मीले गोली चलाउँदा ठूलो नरसंहार भएको रोयटर्सले जनाएको छ। केही हप्ताअघि मृत्यु भएका युवकको पुण्य तिथिमा म्यानमारका विभिन्न शहरमा श्रद्धाञ्जली कार्यक्रम राखिएको थियो। गोली लागेर कैयौं घाइते भएका छन्।

प्रत्यक्षदर्शीका अनुसार घाइतेलाई अस्पताल लगिएको छ तर उनीहरुको पहिचान हुन सकिरहेको छैन । सुरक्षाकर्मीले घाइतेलाई भेट्ने र उनीहरुको अवस्था बुझ्ने बारेमा रोक लगाइरहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *