भारतमा एकै दिनमा थपिए ६२ हजार भन्दा बढी कोरोना सङ्क्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता, चैत १५ गते।

भारतमा कोरोना भाइरसको सङ्क्रमणमा दैनिक नयाँ रेकर्ड कायम भएको छ। पछिल्लो २४ घण्टामा भारतमा ६२ हजार ६ सय ३१ जनामा सङ्क्रमण पुष्टि भएको छ ।

एकैदिन सङ्क्रमण पुष्टि भएको यो सङ्ख्या भारतमा यो वर्षकै धेरै हो । यसअघि शनिबार यो वर्षकै दोस्रो धेरै ६२ हजार २ सय ९१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । पछिल्लो वृद्धिसँगै त्यहाँ सङ्क्रमितको सङ्ख्या १ करोड १९ लाख ७१ हजार ४ पुगेको छ ।

हालसम्म भारतमा १ करोड १३ लाख २१ हजार ५ सय ७८ जना सङ्क्रमणमुक्त भएका छन् । अब भारतमा सक्रिय सङ्क्रमितको सङ्ख्या ४ लाख ८७ हजार ८ सय ४० छ ।

यस्तै भारतमा कोरोना सङ्क्रमणले मृत्यु हुनेको सङ्ख्या १ लाख ६१ हजार ५ सय ८६ पुगेको छ । पछिल्लो २४ घण्टामा भारतमा थप ३ सय ११ जनाको मृत्यु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *