अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १ गते।
कोरोनाको दोस्रो लहरका कारण बढ्दो संक्रमणको जोखिमलाई मध्यनज गर्दै भारतको माहाराष्ट्रमा राज्य सरकारले बुधबार देखी १५ दिनकालागी लकडाउन घोषणा गरेको छ । आज राति ८ बजेदेखी त्यावस्कबाहेका सम्पूर्ण क्रियाकलापलाई बन्देज गरीएको भारतिय संञ्चार माध्यमले जनाएको छ ।
अस्पतालहरूमा अक्सिजनको अभाव खड्कीन थालेपछि त्यहाका मुख्यमन्त्री उद्धव ठाकरेले भारतीय प्रधानमन्त्रीलाई वायु सेनाको जहाजबाट अत्यावस्क औषधी तथा अक्सिजनको आपूर्ति गर्न अपिल गरेका छन् ।
लकडाउनको अवधिमा माहाराष्टमा सिनेमा हल, जिम, पार्क, खेल मैदान बन्द गरिएको छ । त्यस्तै, फिल्म तथा टेलिचलचित्रको सुटिङ समेत रोक लगाइएको छ ।
यसका अलाभा विद्यालय, कलेज, सैलुन, कोचिङ रेन्टर पार्लर स्पा लगायतका साथै सबै धार्मिक, सामाजिक, सांस्कृतिक र राजनीतिक कार्यक्रमहरूमा प्रतिबन्ध लगाइनेछ।