अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख ७ गते।
भारत सरकारले १८ वर्षमाथि सबै नागरिकलाई कोरोनाभाइरसविरूद्धको खोप दिने घोषणा गरेको छ।
प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बसेको एक बैठकले सोमबार गरेको निर्णयअनुसार एक मे देखि १८ वर्षभन्दा कम उमेरका हरेक व्यक्तिलाई कोरोनाविरुद्धको खोप दिइने छ ।
यसअघि ४५ वर्षभन्दा बढी उमेरकालाई मात्रै कोरोनाविरुद्धको खोप लगाइएको थियो ।
भारतमा गत जनवरी १६ बाट कोरोना खोप लगाउन सुरू गरिएको थियो। सुरूमा स्वास्थ्यकर्मी र अंग्रपंक्तिमा खटिने कर्मचारीलाई खोप लगाइएको थियो।
मार्च १ बाट सुरू भएको दोस्रो चरणमा ४५ वर्षमाथिका नागरिकलाई खोप लगाउन थालिएको थियो।
यो चरणमा खोप लगाउने कार्यलाई तीव्रता दिने र त्यसको दायरा पनि बढाउने निर्णय सरकारले गरेको भारतीय सञ्चार माध्यमहरुले उल्लेख गरेका छन् ।