अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख ९ गते।
पाकिस्तानी शहर क्वेटाको प्रख्यात सेरेना होटेलमा भएको ठूलो विस्फोटमा चार जनाको मृत्यु भएको छ भने ११ जना घाइते भएका छन्।
क्वेटा शहरमा अवस्थित चर्चित होटल सेरेनाको पार्किङ क्षेत्रमा विस्फोट भएको हो । उच्च सरकारी अधिकारीहरुको बढी आउजाउ हुने होटलको रुपमा सेरेना चर्चित छ ।
क्वेटा बलूचिस्तान प्रान्तको राजधानी हो जुन अफगान सीमाको नजिक छ। आक्रमणको समयमा चिनियाँ राजदूत होटलबाट बाहिरी सकेका थिए । होटल कार पार्किंगमा विस्फोट भएको थियो। पाकिस्तानी तालिवानले आक्रमणको जिम्मेवारी लिएको छ ।