अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख १५ गते।
भारतमा कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको छ।
पछिल्लो २४ घण्टामा तीन हजार २८६ जनाको ज्यान गएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या दुई लाख नाघेको हो।
पछिल्लो २४ घन्टामा थप तीन लाख ६२ हजार ९०२ जनामा संक्रमण देखिएको छ। यो अहिलेसम्म दैनिक थपिएका संक्रमणको संख्या सबैभन्दा बढी हो। एक सातायता दैनिक तीन लाख संक्रमित थपिँदै आएका छन्।
योसँगै भारतमा सक्रिय संक्रमितको संख्या २९ लाख ७९ हजार ७६८ पुगेको छ। अहिलेसम्म एक करोड ७९ लाख ८८ हजार ६३७ जनामा संक्रमण भइसकेको छ। पछिल्लो २४ घण्टामा भारतका १५ राज्यमा १० हजारभन्दा बढी संक्रमित थपिएका छन्।