भारतमा एकै दिनमा थपिए ४ लाख १२ हजारभन्दा बढी कोरोना संक्रमित

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,बैसाख २३ गते।

भारतमा एकैदिन चार लाख १२ हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ ।

भारतमा ४ लाख १२ हजार ३७३ संक्रमित भेटिएका छन् । यो एक दिनमा भेटिएको संक्रमितको सबैभन्दा धेरै संख्या हो । नयाँ संक्रमितका साथै मृत्युदरमा पनि वृद्धि हुन थालेपछि मानिसहरु चिन्तामा पर्न थालेका छन् ।

यस्तै भारतमा पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणका कारण ३९ सय ८२ जनाको ज्यान गएको छ ।

भारतमा अहिलेसम्म दुई करोड १० लाख ७० हजारभन्दा धेरैमा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने दुई लाख ३० हजारभन्दा धेरैले ज्यान गुमाएका छन् ।

सङ्क्रमितमध्ये एक करोड ७२ लाख ६९ हजारभन्दा धेरै निको भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *