फिलिपिन्सको दक्षिणी भेगमा सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,असार २० गते।

फिलिपिन्सको दक्षिणी भेगमा आइतबार सैन्य विमान दुर्घटना हुँदा कम्तिमा १७ जनाको मृत्यु भएको छ भने ४० जना घाइते भएको छ ।

राजधानी मनिलाबाट करिब १ हजार किलोमिटर दक्षिणमा रहेको जोलो टापुमा अवतरण गर्ने क्रममा धावनमार्ग छुटेपछि विमान दुर्घटनाग्रस्त बनेको हो ।

जनरल सिरिलिटो सोबेजानाले पत्रकारहरूलाई दुर्घटनाग्रस्त सी–१३० विमानबाट ४० जनाको उद्धार गरिएको जानकारी दिएका छन् । ‘उद्धारकर्मीहरू घटनास्थलमा पुगिसकेका छन् ।

उनका अनुसार विमानले रनवेमा अवतरण गर्न नसकेपछि नियन्त्रण गुमाएर दुर्घटना भएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *