तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोके

अनलाईन न्युजपाटी,काठमाडौँ,समाचारदाता,भदौ ९ गते।

तालिबानहरूले अफगान नागरिकलाई विमानस्थल जान रोकेका छन्।

तालिबानहरूले काबुलको हमिद कारजाई विमानस्थल पुग्ने सडक बन्द  गरेका छन्।

तालिबान प्रवक्ता जाबिहुल्लाह मुजाहिदले अफगानहरूलाई विमानस्थल जान नदिनुका दुई कारण रहेको बताएका छन्। एकातिर थुप्रै अफगानहरू विमानस्थलमा जाँदा भागदौड हुने भएकाले उनीहरूलाई बचाउन त्यसो गरिएको उनको तर्क छ भने अर्कातिर तालिबानले इन्जिनियर, डाक्टरजस्ता दक्ष जनशक्ति विदेश नजाऊन् भन्ने चाहेको उनले बताए।

‘हामीले अमेरिकीहरूलाई हाम्रा नागरिक लैजाने प्रक्रिया बन्द गर भनेका छौं,’ उनले भने,‘यो देशलाई उनीहरूको विज्ञता चाहिएको छ। उनीहरूलाई अर्को देशमा लैजानु हुँदैन।’

Leave a Reply

Your email address will not be published. Required fields are marked *