अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १२ गते।
तालिबानले महिला स्वास्थ्यकर्मीहरूलाई काममा फर्किन आग्रह गरेको छ ।
तालिबानका प्रवक्ता जबिउल्लाह मुजाहिदले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘इस्लामिक ईमिरेट्सको स्वास्थ्य मन्त्रालयले सबै महिला कर्मचारीलाई केन्द्र र प्रान्तमा नियमितरुपमा आफ्नो काममा फर्कन भनेको छ । इस्लामिक ईमिरेट्सको तर्फबाट उनीहरूको काममा कुनै बाधा हुनेछैन ।’
आफ्नो पहिलो पत्रकार सम्मेलनमा तालिबानका प्रवक्ताले शरिया कानुनअनुसार महिलालाई अधिकार दिने स्पष्ट पारेका थिए ।
मुजाहिदले भनेका थिए, ‘हामी शरिया व्यवस्थाअन्तरगत महिलाको अधिकार तय गर्नका लागि प्रतिबद्ध छौँ । महिलाहरू हामीसँग काँधमा काँध मिलाएर काम गर्नेछन् । हामी अन्तर्राष्ट्रिय समुदायलाई भरोसा दिलाउन चाहन्छौँ कि उनीहरूसँग कुनै भेदभाव गरिनेछैन ।’