तालिबानी शासनको त्रासबीच अफगानिस्तानमा महिलाहरू सडकमा उत्रिए

अनलाईन न्युजपाटी एजेन्सी,समाचारदाता,भदौ १९ गते।

अफगानिस्तानमा  महिलाहरू तालिबानी शासनको त्रासबीच सडकमा उत्रिएका छन्।

शुक्रबार राष्ट्रपति भवन अगाडि उनीहरूले सरकारमा महिलालाई पनि सहभागी गराउन माग गर्दै उनीहरूले प्रदर्शन गरेका हुन् ।

मन्त्रिपरिषदमा महिलालाई पनि सामेल गराउन आग्रह गरेको पर्चा बोकेर उनीहरू प्रदर्शनमा उत्रिएका हुन्।

अफगानिस्तानमा तालिबानले कब्जा गरेसँगै संसारभरबाट त्यहाँका महिला र बालबालिकाको अवस्थाबारे चिन्ता व्यक्त गरिरहेकै समयमा त्यहाँका केही महिलाले प्रदर्शन गर्ने आँट गरेका हुन् ।

उनीहरुले पुरुषसरह महिलालाई पनि अधिकार हुनुपर्ने माग पनि गरेका छन्।

महिलालाई पनि स्थान दिनुपर्ने, महिला पुरूष बराबरी लगायत नारा लेखिएका प्ले कार्डसहित प्रदर्शन गरेका थिए।

Leave a Reply

Your email address will not be published. Required fields are marked *